default_image

4 months ago

December 1, 2024

म्यानचेस्टर युनाइटेडको‌ सानदार जित

685 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आइतवार एभर्टनलाई ४-० हराएको छ। युनाइटेडका लागि मार्कस रासफोर्ड र जोसुआ जिर्कजीले समान २ गोल‌ गरे ।

खेलको ३४औं मिनेटमा ब्रुनो फर्नान्डिजको कर्नरमा एभर्टनका डिफेन्डर जाराड ब्रान्थवेटले क्लियर गर्न नसकेपछि रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ४१ औं मिनेटमा जिर्कजीले गोलमा गर्दै अग्रता २-० बनाए।

दोस्रो हाफको‌ पहिलो मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे। जिर्कजीले ६४औं मिनेटमा गोल‌ गरेपछि युनाइटेडको‌ जित निश्चित भयो ।

१३ खेलपछि १९ अंक जोड्दै युनाइटेड तालिकामा नवौं स्थानमा पुगेको छ। ११ अंकसहित एभर्टन तालिकाको १५औं स्थानमा छ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.