3 months ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ ।
एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरेको आफ्नो मुख्य टोली लिएर सहभागिता जनाउँदै छ । अर्को महिना सुरु हुने महिला लिगको अन्तिम चरणको तयारीस्वरूप यस खेललाई लिइएको छ ।
एपिएफको टोली:
अनिता बस्नेत, रेनुका नगरकोटे, अनिता केसी, गीता राना, सरु लिम्बू, हिमा रावत, शोभा कुमारी प्रधान, निशा थोकर, प्रतीक्षा चौधरी, कुसुम खतिवडा, सावित्री किसान, सविता रानामगर, मनमाया दमै, रश्मी घिसिङ्ग, प्रिती राई, झरना डुम्राकोटी र रेनुका हमाल ।
अफिसियल: विकास घिमिरे (अध्यक्ष), जिवेश पाण्डे (प्रमुख प्रशिक्षक), विजय केसी (व्यवस्थापक), चन्द्रा दाहाल (गोलरक्षक प्रशिक्षक), मिलन अधिकारी (सहायक प्रशिक्षक), विष्णु बहादुर रासकोटी (फिजियो)
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]