default_image

3 months ago

November 29, 2024

नेपालको फिफा वरियतामा सुधार

1718 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ ।

विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय  ७५ औं स्थानमा छ।

नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो ।

कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको‌ सुरुमा अफगानिस्तानलाई २-० ले हराएको थियो। जिलेस्पीजंग कार्की र रोहित चन्दको गोलमा नेपाल विजयी भएको थियो।

नेपालसँग पराजित भएको अफगानिस्तान भने ४ स्थान झरेर १ सय ५५ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारतको दुई स्थान खस्किएको छ र १ सय २७ औं स्थानमा छ ।

दक्षिण एसियाका माल्दिभ्स १ सय ६२ औं, भुटान १ सय १८२ औं, बंगालादेश १ सय ८५ औं , पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय ४ स्थानमा छ।

फिफा वरियताको शीर्ष ५ यथावत छ । अर्जेन्टिना शीर्ष स्थानमा, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंङग्ल्यान्ड चौथो र ब्राजिल पाँचौ स्थानमा छ ।

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

Success

Thank you for your time.