3 months ago
November 29, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।
नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो ।
रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो ग्रानाचोले अर्को गोल गरे। बिन्डोका हाकोन इभ्जेन र फिलिप जिन्केरनागेलले गोल गरे।
ग्रानाचोले पहिलो मिनेटमा गोल गर्दै युनाइटेड अघि बढाए। इभ्जेनले १९ औ मिनेटमा बराबरी र जिन्केरनागेलले २३ मिनेटमा गोल गरेपछि बिन्डो २-१ ले अगाडि रह्यो।
रोयलुन्डले ४५ औं मिनेटमा बराबरी गोल गरे। उनले ५० औं मिनेटमा गोल गरेपछि युनाइटेड विजयी भयो ।
५ खेलपछि युनाइटेड ९ अंक सहित १२ औं स्थानमा छ । अर्को प्रिमियर लिग क्लब टोटनहम भने १० अंकमा नवौं स्थानमा छ ।
टोटनहमले दुई पटकको अग्रता जोगाउन नसक्दा एएस रोमासँग २-२ को बराबरी खेलेको छ । इटाली सिरी ए टोली लाजियो १३ अंकमा शीर्ष स्थानमा छ । लाजियोले अर्को खेलमा लुडोगोरेट्स राजग्राडसँग गोलरहित बराबरी खेल्यो ।
युरोपा कन्फ्रेन्स लिगमा क्रिस्टोफर एकुन्कु र मेखायोल मुडरिकको गोल प्रिमियर लिग टोली चेल्सीले हेडेनहेममाथि २-० को जित निकाल्यो । चेल्सी ४ खेलबाट १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]