default_image

3 months ago

November 28, 2024

लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा

1584 views

0 Bookmark

एजेन्सी – लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली‌ बनेको छ।

रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो।

लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो।

५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले अग्रता लियो। गाक्पोले ७६ औं मिनेटमा गोल गरेपछि लिभरपुल रियलमाथि थप हाबी रह्यो ।

खेलको ६१औं मिनेटमा रियलका केलियन एमबाप्पे र ७०औं मिनेटमा लिभरपुलका मोहम्मद सलाह पेनाल्टीमा गोल गर्न चुके ।

च्याम्पियन्स लिगमा यो सिजन लिभरपुलको लगातार पाँचौं जित हो। रियलको यो लगातार दोस्रो हार हो।
लिभरपुल १५ अंकसहित शीर्षमा छ भने ६ अंक जोडेको रियल २४ औं स्थानमा छ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.