3 months ago
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्।
३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।
मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीको बैठकमा माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग सुरु हुने निर्णय गरेको भन्दै एन्फाले क्लब दर्ताको मिति समेत तय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो।
बक्यौता रकम माग गर्ने बी डिभिजन टोलीमा अन्नपूर्ण क्लब आरसिटी, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती युथ क्लब, विरगंज युनाइटेड क्लब, टुसार युथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब र झापा फुटबल क्लब छन् ।
एन्फाले मंसिर २१ गते सम्म क्लब दर्ता गर्न समय निर्धारण गरेको थियो। मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप, मंसिर २५ र २६ गते क्लब लाइसेन्सेन्सिङ वर्कसप गर्ने तालिका सार्वजनिक गरिएको थियो।
पुस १३ गते बी डिभिजन लिगको खेल तालिका सार्वजनिक हुनेछ भने लिग माघ १३ गते सुरु हुने बताइएको थियो। बी डिभिजनका केहि खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ।
बी डिभिजन लिग पछिल्लो पटक ३ वर्ष अघि भएको थियो। त्यति बेला चर्च ब्वाइज युनाइटेडले बी डिभिजन लिग जितेको थियो। डेढ वर्षअघि चर्च ब्वाइज ए डिभिजन लिग च्याम्पियन बनिसकेको थियो भने बी डिभिजन लिग अझै हुन सकेको थिएन। त्यति बेलाको तयारी खर्चको बाँकी रकम अहिले सम्म पाउन नसकेमा १० क्लबले असन्तुष्टि जनाएका हुन् ।
‘ क्लबको पुरानो बाँकी पैसा दिनुहोस, बैठक डाक्नुहोस हामी उपस्थित हुन्छौं भन्दाभन्दै अधिकांश क्लबहरुको उपस्थिती बिना छलफलका नाममा एकलौटी निर्णय लाद्न खोजियो जुन हामीलाई कुनै पनि हालतमा स्विकार्य छैन,’ १० क्लबको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी स्वतन्त्र छौं, सहि र गलत बुझ्दछौं, आफ्नो हक अधिकारको ज्ञान राख्दछौ। न हामी हाम्रो जायज अडानबाट स्खलित हुन्छौ न त कसैबाट परिचालित नै। हामी हाम्रो अस्तित्व कायम राखी मौलिक हक अधिकार प्रति सजग हुदै नेपाली फुटबललाई हृदयमा राखेर सक्रिय रुपमा अगाडी बढिरहेका छौं, बढिरहने छौं।’
क्लबहरुले अगाडि भनेका छन्,’ हामी माथी फुटबल गर्न नचाहाने तत्वको रुपमा परिभाषित गर्न खोजिएको प्रति भने हामी घोर आपत्ति प्रकट गर्दछौं ।’
बी डिभिजन लिग पटक पटक स्थगित हुदै आएको छ। पछिल्लो घटनाक्रमबाट बी डिभिजन लिग यस पटक हुनेमा पनि संशय उत्पन्न भएको छ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]