1 month ago
November 25, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा आइतबार इपस्विचसँग बराबरीमा रोकिएको छ।
दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले १-१ को बराबरी खेल्नु पर्यो। रुबेन एमोरिमले औपचारिक रुपमा प्रशिक्षकको जिम्मेवारी पाएको खेलमा नै युनाइटेडले अंक बाढेको छ।
मर्कस रसफोर्डको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ओमारी हुट्सनले इपस्विचका लागि ४३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
बराबरीपछि १२ खेलबाट १६ अंक पुर्याएको युनाइटेड १२औं स्थानमा छ। इपस्विच ९ अंक छ।
आइतवार नै मोहमद सलाहको २ गोलना लिभरपुलले साउथह्याम्पटनलाई ३-२ ले हरायो । शीर्षस्थानको लिभरपुलको ३१ अंक छ । दोस्रो स्थानमा म्यानचेस्टर सिटीको भन्दा लिभरपुलको ८ अंकको बढी छ ।
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]
December 25, 2024
दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको […]
December 24, 2024
दिपक बोहोरा,पाँचथर ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो । मच्छिन्द्रको जितमा विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ […]