4 months ago
November 24, 2024
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतवार बिहान भएको खेलमा बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान बालाइडोस स्टेडियममा भएको खेलमा सेल्टाको लागि ह्युगो अल्भारेज र अल्फोन गोन्जालेजले गोल गरे पाहुना टोलीका लागि भने राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए ।
खेलको १५औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ६१औं मिनेटमा लेभान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बरको बनाए । खेलको ८२औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर मार्क कासाडो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित रह्यो ।
त्यसको तीन मिनेटपछि सेल्टाका लागि अल्फोन गोन्जालेजले गोल फर्काए । ह्युगो अल्भारेजले ८६औं मिनेटमा गोल गर्दै सेल्टालाई बराबरीमा पुर्याए ।
बराबरी पछि पनि शीर्ष स्थानमा कायमै रहेको बार्सिलोना १४ खेलमा ३४ अंकमा छ । दुई खेल कम खेलेको रियल मड्रिडसँग बार्सिलोनाको सात अंकको अग्रता रहेको छ । सेल्टा भने समान खेलमा १८ अंकका साथ ११औं स्थानमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]