4 months ago
November 24, 2024
एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीमाथि सानदार जित दर्ता गरेको छ । टोटेनहमले सिटीलाई उसकै घरेलु मैदानमा ४–० को लज्जास्पद हार चखाएको हो ।
इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनन जोन्सनले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।
खेलको २०औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोटेनहमलाई अगाडि बढाए । उनले डिजान कुलुसेभ्स्कीको पासलाई सदुपयोग गरे । २०औं मिनेटमा म्याडिसनले कप्तान ह्युङ मिन सनको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दा टोटेनहम पहिलो हाफमा २–० ले अघि बढ्यो ।
५२औं मिनेटमा पेड्रो पोरोले गोल गरेपछि सिटी खेलमा ३–० ले पछि पर्यो । टोटेनहम यतिमै रोकिएन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित खेलाडी ब्रेननले गोल गर्दै सिटीलाई ४–० को लज्जास्पद हार चखाए । ६३औं मिनेटमा सनको स्थानमा मैदान छिरेका ब्रेननले टिमो वेर्नरको पासलाई सदुपयोग गरेका थिए ।
सिटीको यो लगातार पाँचौं हार हो । सन् २००६ पछि सिटी लगातार पाँच खेलमा पराजित भएको यो पहिलो पटक हो । २७ अक्टोवरमा साउथह्याम्टनलाई १–० ले हराएयत सिटीले लगातार पाँच खेलमा हार बेहोरेको छ ।
यस्तै घरेलु मैदान इतिहादमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । ३१ अक्टोवरमा इएफएल कपमा टोटेनहमसँगै २–१ ले पराजित भएको सिटी त्यसपछि बर्नमाउथ, स्पोर्टिङ सिपी र ब्राइटनसँग पराजित भएको थियो ।
यस जितसँगै टोटेनहम १२ खेलबाट १९ अंक जोडेर छैटौं स्थानम उक्लिएको छ । समान १९ अंक नै रहेपनि नटिङहम फरेस्ट र एस्टन भिल्ला गोल अन्तरमा पछि छ ।
पछिल्लो पाँच खेलमा पराजित भएको सिटी १२ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटी शीर्षस्थानको लिभरपुलसँग ५ अंकले पछि छ । लिभरपुलले अझै एक खेल कम खेलेको छ ।
शनिबार नै चेल्सीले लेस्टर सिटीलाई २–१, आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र वल्भ्सले फुलहमलाई ४–१ ले हराउँदा एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ गोलको तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]