4 months ago
November 23, 2024
एजेन्सी—ह्यारी केन शनिबार जर्मन बुंडेसलिगामा सबैभन्दा छिटो ५० गोल पूरा गरेका छन् । घरेलु मैदानमा बार्यन म्युनिखले शुक्रवार असबर्गलाई ३-० ले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए ।
इङ्ग्ल्यान्ड फुटबल टोलीकल कप्तान समेत रहेका केनले २ गोल पेनाल्टीमा गरका थिए। ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि पेनाल्टीमा गरेका थिए।
इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए। केनले बुन्डेसलिगाको ४३ खेलमा ५० गोल पूरा गरेका हुन्। उनले इर्लिङ हालान्डको नाममा रहेको कीर्तिमान तोडेका हुन् । हाल म्यानचेस्टर सिटीमा रहेका हालान्डले बोरुसिया डर्टमुन्डबाट खेल्दा ५० खेलमा ५० गोल गरेका थिए ।
११ खेलमा अपराजित रहने क्रममा ९ जित र २ बराबरी खेलेको बायर्न २९ अंकसहित शीर्षस्थानमा छ। १ खेल कम खेलेको आरपी लिपजिङको भन्दा बार्यनको ८ अंक बढी छ। असबर्ग १२ अंकका साथ १३ औं स्थानमा छ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]