default_image

4 months ago

November 22, 2024

अमिषा सेनाको अधिकृत क्याडेटका लागि छनोट

3133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले नेपाली सेनाको अधिकृत क्याडेट उतिर्ण गरेकी छिन् ।

बिहीवार नतिजा प्रकाशित भएसँगै सानै देखि आर्मी बन्ने आफ्नो सपना पूरा हुनेभएपछि अमिषा दंग छिन्।

‘ एक‌ बर्षदेखि मैले तयारी गरिरहेको थिए। क्लास पनि लिएको‌ थिए । फुटबल र क्याडेटको‌ तयारी सँगसँगै अघि बढाए, ‘ उनले भनिन्, चरण चरणमा परीक्षा हुन्थ्यो। एकपछि अर्को पार गर्दै गए खुसी लागेको छ।’

३ वर्षअघि करारमा सेनाको त्रिभुवन आर्मी क्लबमा करार सम्झौता गरेकी अमिषाले उमेर पुगेपछि क्याडेटमा आवेदन दिएकी‌ थिइन्।

उदयपुरको‌ त्रियुगा नगरपालिकामा‌ जन्मेकी अमिषा ४ वर्षको उमेरमा नै काठमाडौं आएकी थिइन् । हाल कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा हजुर बा, हजुर आमा, आमा बुबा, दाजु र दिदीका साथ बस्दै आएकी छिन् । सैनिक स्कुल भक्तपुरमा ७ देखि १० सम्मको अध्ययन गरेकी उनले एनएमसीबाट प्लस टु गरेकी हुन्।

क्याडेडकै तयारीका दौरान उनले वाफ च्याम्पियनसिप, एपिएफबाट एएफसी च्याम्पियनसलिग, साफ च्याम्पियनसिप खेलेकी थिइन्।

‘यही तयारीले गर्दा साउदी अरबको वाफमा एक्लै ट्राभल गरेको थिए, उनले भनिन्, यहि बीचमा लिग पनि थियो ।परिवारको एकदमै नै सपोर्ट भयो । अहिले नजिता पनि राम्रो आयो ।’

समय व्यवस्थापन र धर्यताले सफलता दिलाउने अनुभव उनको‌ छ । ‘ क्याडेटका लागि एउटा पछि अर्को चरणको तयारी गर्नुपर्ने हुन्थ्यो, फुटबलको‌ प्रशिक्षण पनि गर्नै पर्यो, उनले थपिन्, धर्यता र मिहिनेत एकदमै आवश्यक रहेछ।’

आर्मीबाट फुटबल खेल्ने भएकाले त्यसको महसुस भने पहिला बाटै गर्न पाएको उनले सुनाई । सेनामा भर्ती भइसकेका साथीहरुसँगै लाइनमा बसेर सलाम गर्दा आफूलाई पनि त्यसै फिल हुन्थ्यो, उनले हास्दै भनिन्, अब त पूरै सेना भइन्छ।’

उनको एउटा अर्को सपना भने यो पटक पूरा हुन सकेन । गत महिना दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग २-१ ले पराजित भएको थियो। नेपालका लागि अमिषाले नै गोल गरेकी थिइन्।

महिला लिगको अन्तिम चरणको तयारीका क्रममा आर्मी टोलीसँग प्रशिक्षण गररहेकी उनले थपिन् ‘साफ च्याम्पियन्सिप जित्ने सपना भने पूरा भएन।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.