1 month ago
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ ।
घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो ।
यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको सहभागिता रहेको दक्षिण अमेरिका छनाेटमा अर्जेन्टिना कम्तिमा छैटौं स्थान रहने पक्का भएको छ। दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्र छनोट हुनेछन् स।
अजेन्टिनाको जितमा लौटरो मार्टिनेजले गोल गरे । खेलको ५५औं मिनेटमा मार्टिनेजले गरेको गोल नै खेलमा निर्णायक हुन पुग्यो ।
पेरु समान खेलमा ७ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।
December 26, 2024
दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]