default_image

4 months ago

November 19, 2024

डेनमार्क क्वाटरफाइनलमा, स्पेनको जित

1655 views

0 Bookmark

एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो।

सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो ।

यसअघिनै क्वाटरफाइनल पुगिसकेको स्पेन ६ खेलमा १६ अंकसहित शीर्षस्थानमा, ८ अंकको डेनमार्क दोस्रो स्थानमा रह्यो ।

सर्बिया ६ अंक जोडेर तेस्रो स्थानमा र जितविहीन स्विट्जरल्यान्ड (२अंक) यसअघिनै घटुवा भइसकेको छ । स्विट्जरल्यान्ड दुई अंकका साथ पुछारमा छ ।

त्यस्तै लिग सी समूह ३ मा बुल्गेरिया र बेलारुसले १-१ तथा लक्जेम्बर्ग र नर्थन आयरल्यान्डले २–२ को बराबरी खेले ।

लिग सी समूह २ मा कोसोभोले लिथुवानियालाई १- ० र रोमानियाले साइप्रसलाई ४- १ ले पराजित गर्यो।

क्रोएसिया क्वाटरफाइनलमा

पोर्चुगलसँग १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको  थियो। लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८  अंक जोडेको छ।

स्टेडियम पोलजुडमा   क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले  गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

६५औं मिनेटमा  जोस्को ग्भार्डियोलले गोल गरेपछि क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो।

सोही समूहमा स्कटल्याण्डले पोल्याण्डलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलको समाप्तिमा स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.