default_image

4 months ago

November 18, 2024

फ्रान्ससँग इटालीको हार

1234 views

0 Bookmark

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ।

लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो।

सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका आन्द्रो काम्बासियोले गोल गरे।

रेबियटले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए।
३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। ३५औं इटालीका काम्बिसियो गोलले इटालीले खेलमा फर्कने कोशिस गर्यो। ६५ औं मिनेटमा रेबियटले अर्को गोल गरे ।

सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो अन्तरको हार पनि हो । सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० ले हरायो।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.