1 month ago
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।
ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गर्यो । खेलको ७८ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । रोहित चन्दले राष्ट्रिय टोलीको लागि पहिलो गोल गर्ने क्रममा नेपाललाई २-० ले अघि बढाए । कर्नरमा डिफेन्डरले क्लियर गरेको बललाई रोहितले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए ।
खेलको ८७ औं मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २-० को स्थितिमा राखे । उनले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पारेका थिए ।
नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले पनि दोस्रो खेलमै जितको स्वाद चाखेका छन् ।
अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ । एन्फाले रिक्त रहेको प्रशिक्षक पदका लागि आवेदन प्रक्रिया अघि बढाइसकेको छ ।
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]
December 25, 2024
दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको […]
December 24, 2024
दिपक बोहोरा,पाँचथर ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो । मच्छिन्द्रको जितमा विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ […]