2 hours ago
November 16, 2024
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे ।
पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । ५९औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ७२औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
८०औं मिनेटमा पोर्चुगलले अग्रता ३-० मा पुर्यायो । पोर्चुगलका फर्नान्डेजले टोलीको लागि तेस्रो गोल गरे । ८३औं मिनेटमा रोनाल्डोको पासमा पेड्रोले गोल गरे । ८७औं मिनेटमा रोनाल्डाले व्यक्तिगत दोस्रो गोल गरे ।
८८औं मिनेटमा पोल्यान्डका डोमिनिक मार्कजुकले सान्त्वना गोल फर्काए ।
लिग ए समूह १ को अर्को खेलमा स्कटल्यान्डले क्रोएसियालाई १-० ले पराजित गर्यो ।
लिग ए समूह मा युरोपियन च्याम्पियन स्पेनले डेनमार्कलाई २-१ ले हरायो ।
स्विटजरल्यान्ड र सर्बियाले १-१ को बराबरी खेले । स्पेन यसअघि नै यस समूहबबाट क्वाटरफाइनल पुगिसकेको छ ।
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]
November 15, 2024
एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]
November 15, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]