4 months ago
November 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – रोयल गोर्खा एफसीले पाँचौं सहदेव स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
युएई नेप्लिज फुटबल एसोसिएसन (युएनएफए) को आयोजनामा नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा गोर्खा के नाइन एफसीलाई १–० ले हराउँदै रोयल गोर्खाले उपाधि जितेको हो ।
नविन विकेको निर्णायक गोलमा रोयल गोर्खा विजयी भएको थियो । अनिष श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, प्रज्वल राई उत्कृष्ट गोलकिपर, कुमार राई उत्कृष्ट प्रशिक्षक र विकास गुरुङ सर्वाधिक गोलकर्ता बनेका थिए ।
विजेता टोलीले ३ हजार ३ सय ३३ र दोस्रो टोलीले २ हजार २ सय २२ दिराम प्राप्त गरे । शनिबार र आइतबार भएको दुई दिने प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।
अनिल शेर्पाको अध्यक्षता रहेको युएनएफएले आयोजना गरेको प्रतियोगिताको समापनमा युएईस्थित नेपाली दुतावास, एनआरएनए, नेपाली समाजलगायतका प्रतिनिधिको सहभागिता रहेको आयोजक एसोसिएसनका उपाध्यक्ष दीपेन्द्र भण्डारीले जानकारी दिए ।
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]