4 months ago
November 11, 2024
सुशील पन्त क्षेत्री,चितवन
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो ।
क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो ।
नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै पूजालाई सम्मान गरिएको क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।
यसै महिना काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलमा सम्म पुराउन पूजाले महत्त्वपूर्ण योगदान गरेको गुरुङले बताए । उनले आगामी दिनमा नेपाली महिला फुटबललाई थप उचाईमा पुराउन पूजाको महत्त्वपूर्ण भूमिका रहने समेत विश्वास व्यक्त गरे ।
पूजाले साफमा खेलाडीहरुले निकै मेहेनत गरेको बताइन् । आगामी दिनमा थप उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण नेपालीको मुहारमा खुशी ल्याउन सक्दो प्रयास गर्ने जनाउँदै उनले यो सम्मानले आफ्नो खेल जीवनमा थप हौसला प्रदान गर्ने बताईन् ।
सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टोलीबाटडेब्यु गरेकी पूजा त्यसयता नियमित सदस्यको रहँदै आएकी छन् । पूजाले नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]