default_image

8 years ago

February 15, 2017

बार्सिलोनाको लज्जास्पद हार

112 views

0 Bookmark

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाले मगंलबार राति भएको युइएफा च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६को पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेनसंग ४-०को फराकिलो हार व्येहोरेको छ।

Messi di maria Psg Barcelona 3-0

खेलको १८औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा जनवरीमा क्लब आएक जुलिएन ड्र्यक्सलरले गोल गर्दै अग्रता दोब्बर पारे।

दोश्रो हाफमा पनि घरेलु टोलीले आफ्नो आक्रमक खेल जारी राख्यो र डि मारियाले पुन: गोल गरे। रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडको जर्सी पहिरिसकेका डि मारियाले ५५औं मिनेटमा स्कोर ३-० बनाएका थिए। एडिन्सन कभानीले ७२औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारेका थिए।

खेलभर जम्मा एक प्रहार मात्र पोष्टमा बनाएको बार्साले निकै खराब प्रदर्शन गरेको थियो। मेस्सी, नेयमार र सुआरेज तिनै खेलाडीको प्रदर्शन कमजोर रहेको खेलमा घरेलु टोलीले भने उत्कृष्ट खेल पस्केको थियो।

उपाधिको लागि दावेदारको रुपमा हेरिएको बार्सालाई यस हारले प्रतियोगिताबाटै बाहिरिने निश्चितप्राय देखिएको छ।

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.