4 months ago
November 11, 2024
एजेन्सी – इपस्विच टाउनले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा २२ वर्ष पछि जित हासिल गरेको छ ।
ऐतिहासिक जित हात पार्ने क्रममा इपस्विचले आइतवार टोटनहमलाई २–१ ले पराजित गरेको हो । इपस्विचले इपिएलमा सन् २००२ मा पछिल्लो पटक जित हात पारेको थियो ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा इपस्विचलाई जित दिलाउन सामी स्जमोडिक्स र लियाम डेलापले गोल गरे । घरेलु टोलीका लागि रोड्रिगो बेन्टान्कुरले गोल गरे ।
खेलको ३१औं मिनेटमा स्जमोडिक्सले गोल गर्दै इपस्विचलाई सुरुवाती अग्रता दिलाए । ४३औं मिनेटमा डेलापको गोलमा इपस्विचले अग्रता दोब्बरको बनायो ।
६९औं मिनेटमा टोटनहमका बेन्टान्कुरले गोल गर्दै खेलमा फर्काउने संकेत गरेको थिए । तर, त्यसपछि कुनै गोल हुन नसक्दा इपस्विचले दुई दशकभन्दा लामो समयपछि जितको स्वाद चाख्यो ।
जितपछि रेलिगेसन जोन पार गर्दै १७औं स्थानमा उक्लिएको इपस्विचको ११ खेलबाट ८ अंक पुगेको छ। समान खेल खेलेको टोटनहम १६ अंकसहित १०औं स्थानमा छ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]