4 months ago
November 10, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार लेस्टर सिटीलाई पराजित गरेको छ ।
युनाइटेले घरेलु मैदानमा लेस्टरलाई ३-० ले हराएको छ। युनाइटेडको जितमा बुर्नो फर्नान्डिज र एलेक्जेन्डर गोर्नाचोले गोल गरे । १ गोल भने लेस्टरले उपहार स्वरुप दिएको थियो ।
खेलको १७औं मिनेटमा फर्नान्डिजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३८औं मिनेटमा लेस्टरका भिक्टर क्रिस्टिसेनले आत्मघाती गोल गर्दै युनाइटेडको अग्रता दोब्बर भयो । ८२औं मिनेटमा गोर्नाचोले गोल गर्दै युनाइटेडको जित निश्चित गरे ।
जितसँगै युनाइटेडको ११ खेलबाट १५ अंक भएको छ । समान खेल खेलेको पराजित लेस्टर १० अंकमा छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]