9 years ago
September 28, 2015
काठमाडौं, असोज ११
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीलाई कारवाहीसँगै नयाँ मनोनयन समेत गरेको छ । एन्फाका प्रथम उपाध्यक्ष एवंम् कार्यवहाक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा पनि सोमबारको केन्द्रिय समितिले मनोनयन गरेको छ । श्रेष्ठको ठाँउमा एन्फाले नरेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठले यसअघि एन्फाको उपाध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड् शेर्पा, विजयनारायण मानन्धर र किशोर राई र सदस्य पंकज नेम्बाड्लाई बर्खास्त गर्दै तीन ठाँउमा पनि एन्फाले मनोनित गरेको छ ।
मणि कुवर, वीरबहादुर खड्का र सन्तोष बानियाँलाई उपाध्यक्ष र थ्री स्टारका कार्यवहाक अध्यक्षलाई अरुणमान जोशीलाई सदस्यमा मनोनित गरेको छ । कुवर र खड्का एन्फाका सहायक महासचिव र बानियाँ पूर्वाञ्चल क्षेत्रिय संघका अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका थिए । उपाध्यक्षमा मनोनित भएपछि उनीको ठाँउमा समेत एन्फाले सोमबार नै मनोनित गरेको छ ।
महाविर क्लबका अध्यक्ष दिवाकर घले र विकास निर्देशक सञ्जिव मिश्रलाई सहायक महासचिवमा र झापा फुटबल संघका अध्यक्ष जल कुमार गुरुङलाई पर्वाञ्चलको अध्यक्षमा मनोनित गरेको छ । सहायक महासचिव पदमा महावीर क्लबका अध्यक्ष दिवाकर घले र एन्फाका विकास निर्देशक सन्जिव मिश्र तथा पूर्वाञ्चलका क्षेत्रीय अध्यक्षमा झापा जिल्ला फूटबल संघका अध्यक्ष जल कुमार
गुरुङलाई मनोनयन गर्ने निर्णय गरियो ।
बर्खास्त गरेका चार मध्ये तीन जना शर्पा, मानन्धर, नेम्बाङलाई पुनरावेदन अदालत पाटनमा एन्फाविरुद्ध मुद्दा दर्ता गरेको भन्दै स्पष्टिकरण समेत मागेको छ ।
त्यस्तै एन्फाले मानार्थ उपाध्यक्ष सुनिल शम्शेर राणाको संयोजकत्वमा सदस्य रमेश रायमाझी उपसंयोजक तथा दिवाकर घले, मधु सुदन उपाध्याय र विमला पौडेल रहेको राष्ट्रिय टिम व्यवस्थापन समिति गठन गरेको छ । एन्फा एकेडेमीलाई व्यवस्थित गर्न संघका सह कोषाध्यक्ष रविन्द्र जोशीको संयोजकत्वमा सदस्य दिनेश व्यन्जनकार, सदस्य राजेन्द्र न्यौपानेको ३ तीन सदस्यीय एन्फा एकेडेमी व्यवस्थापन समिति गठन गरेको छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]