default_image

5 months ago

November 10, 2024

काया यू-१६ कप हुँदै

604 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काया स्पोर्ट्सको आयोजनामा काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साता हुने भएको छ ।

नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू-१६ काया कप आयोजना गर्न लागेको हो । संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ । ३२ विद्यालय सहभागी रहने यस प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले एक पत्रकार सम्मेलनमाझ जानकारी दिएको छ ।

खेलाडीहरुलाई धेरै भन्दा धेरै प्रतिस्पर्धा गर्ने अवसर मिलोस भन्ने लक्ष्यका साथ प्रतियोगिताका हरेक टोलीले कम्तिमा ३ खेल खेल्न पाउने समीकरण रहेको छ । टिम दर्ता शूल्क १५ हजार रुपैयाँ रहेकोमा हालसम्म १६ टोली दर्ता भइसकेको काया स्पोर्ट्सका संस्थापक पविन कार्कीले जानकारी दिए ।

काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिता ७-ए-साइड मैदानमा हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । मंसिर १७ र १८ गते समूह चरणका खेल हुँदा मंसिर २० गते भने प्रतियोगिताको नकआउट चरणको खेल हुनेछ ।

सहभागी खेलाडी र विद्यालयबीच आपसी भाइचारालाई प्रोत्साहन गर्न आयोजकले मंसिर २२ गते गाला डिनरसहित प्रतियोगिताको समापन समारोह गर्ने तयारी आयोजकको छ । यसबाहेक खेलाडीहरुको हौसला अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको सह-आयोजक पाना नेपालका विकल्प खरेलले जानकारी दिए ।

कायाले प्रतियोगिता आयोजनासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पनि सहयोग गर्ने बताएको छ । खेलकुदले समाजमा सकारात्मक प्रभाव पार्ने हुनाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेपनि न्यू डायमन्डले नेपाली खेलकुदमा उदाहरणीय कार्य गरिरहेकोले प्रोत्साहन गर्ने निर्णय लिएको कार्कीले बताए ।

कार्कीले यस प्रतियोगिता मात्र नभएर संस्थाको कायापल्ट कार्यक्रमका अन्य इभेन्टमा पनि न्यू डायमन्डको सहयोगार्थ केही गर्ने योजना रहेको बताए ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.