default_image

4 months ago

November 10, 2024

शीर्ष स्थानको लिभरपुलको जित

521 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिइल) को शीर्ष स्थानमा रहेको लिभरपुलले जित हात पारेको छ ।

११औं खेलमा नवौं जित निकाल्ने क्रममा शनिवार लिभरपुलले एस्टन भिल्लालाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डर्विन नुनेज तथा मोहम्मद सलाहले गोल गरे ।

२०औं मिनेटमा नुनेजले सुरुवाती अग्रता दिएका थिए । खेलको ८४औं मिनेटमा सलाहले गोल थप्दै लिभरपुललाई सहज जित दिलाए ।

२८ अंकका साथ लिभरपुल शीर्ष स्थानमा थप मजबुत भएको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ५ अंकमा पुर्याएको छ । भिल्ला ११ खेलबाट १३ अंकका साथ आठौं स्थानमा छ ।

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

Success

Thank you for your time.