default_image

6 months ago

November 8, 2024

युरोपा लिग – युनाइटेडको पहिलो जित

529 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ ।

युनाइटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे ।

डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि गोल गरे । घरेलु मैदानमा भएको लिगको चौथो खेलमा युनाइटेडले जित विहीन यात्रा टुंगाएको हो । यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो।

जित पछि युनाइटेड ४ खेलमा ६ अंकका साथ १५औं स्थानमा उक्लिएको छ । पराजित पाओके समान खेलबाट १ अंकका साथ ३३औं स्थानमा छ ।

May 5, 2025

काठमाडौ र ललितपुर महानगरको जित

ललितपुर (हाम्रो खेलकुद)- दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले विजयी सुरुवात गरेका छन् । यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ । वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा भएको थियो । आज बिहान भएको सो […]

May 5, 2025

दर्जन गोलसहित एपिएफ सेमिफाइनलमा

रविन्द्र वाईबा, हेटौंडा एपिएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथि एकतर्फी जीत निकालेको छ । सोमवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपिएफले वीरगंजलाई १२-० गोल गर्‍यो । पहिलो हाफमा ५ गोल गरेको एपिएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपिएफको जितमा रश्मि कुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल […]

May 5, 2025

बायर्नले जित्यो जर्मन बुन्डेसलिगा

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । आइतबार लिगको दोस्रो स्थानमा रहेको बायर लेभरकुसन बराबरीमा रोकिएसँगै बायर्न लिग च्याम्पियन बनेको हो । फ्राइबर्गको मैदानमा लेभरकुसन २-२ को बराबरीमा रोकिएपछि बायर्नको उपाधि पक्का भयो । लेभरकुसनको ३२ खेलमा ६८ अंक छ । बायर्नको ३२ खेलमा ७६ अंक रहेको छ । शनिबारको खेलमा बायर्न […]

Success

Thank you for your time.