4 months ago
November 6, 2024
एजेन्सी – लुइस डियाजको ह्याट्रिकसँगै इङ्ग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
चौथो खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा लिभरपुलले मंगलवार जर्मन क्लब बायर लेभरकुसनलाई ४-० ले पराजित गर्यो । घरेलु मैदान एनफिल्डमा अर्को गोल कोडी गाक्पोले गरे ।
डियाजले खेलको ६१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । गोक्पाले ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । डियाजले ८३औं र इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
४ खेलमा शतप्रतिशत जित निकालेको लिभरपुलको १२ अंकका साथ शीर्ष स्थानमा छ । लेभरकुसन समान खेलमा ५ अंकसहित ११औं स्थानमा छ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]