default_image

4 months ago

November 6, 2024

च्याम्पियन्स लिगमा सिटीको पहिलो हार

1435 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालाण्ड चल्न नसक्दा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ ।

पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग सिटी मंगलवार ४-१ ले पराजित भएको हो । घरेलु मैदानमा सिपीलाई जित दिलाउन भिक्टर ग्योकेरेसले ह्याट्रिक र अर्को गोल अराजोले गरे । सिटीका लागि फिल फोडेनले गोल गरे ।

चौथो मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लियो । ३८औं मिनेटमा सिपीका ग्योकेरेसले गोल गर्दै खेल बराबरीमा ल्याए । ४६औं मिनेटमा अराजोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

४९औं र ८१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ग्योकेरेसले आफ्नाे ह्याट्रिक पूरा गरे । सिटी लगातार तेस्रो खेलमा पराजित भएको हो । सिटी कारबाओ कपमा टोटेनहम‌ र गत साता प्रिमियर लिगमा बोर्नमाउथसँग हारेको थियो।

४ खेलबाट १० अंक पुर्‍याएको सिपी दोस्रो स्थानमा उक्लिएको छ । सिटी समान खेलमा ७ अंकसहित छैटौं स्थानमा छ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.