3 months ago
November 5, 2024
एजेन्सी – करिब एक वर्षपछि मैदान फर्किएका ब्राजिली फरवार्ड नेयमारलाई पुनः चोट लागेको छ ।
एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेगलाललाई ३–० ले पराजित गरेको खेलमा नेयमारलाई चोट लागेको हो।
नेयमार दुई साता अघि मात्रै चोटमुक्त हुँदै मैदानमा फर्किएका थिए थए । तर, दुई खेलपछि नै नेयमार फेरि घाइते भएका हुन् । एस्टेगलालविरुद्ध ५८औं मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदानमा छिरेका ३२ वर्षीय नेयमारले निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा असहज महसुस गरेका थिए ।
पेनाल्टी क्षेत्रमा बल अगाडि बढाइरहँदा असहज महसुस गरेका उनलाई ८७औं मिनेटमा मोहम्मेद हमाद अल क्वातानीले प्रतिस्थापन गरेका थिए ।
उनको चोट के कस्तो हो क्लबले कुनै जानकारी गराएको छैन । साउदी प्रो–लिगमा दर्ता नभएका कारण नेयमारलाई अर्काे खेलअघि निको हुने पर्याप्त समय छ । एएफसी प्रतियोगिताको अर्को खेल नोभेम्बर २५ मा हुनेछ ।
नेयमारलाई चोट लागेको खेलमा सर्बियाली फरवार्ड अलेक्जेन्डर मित्रोभिचले ह्याट्रिक पूरा गरेपछि ४ पटकको एसियन च्याम्पियन हिलालले समूह चरणमा सबै ३ खेलमा जित निकालेको छ । हिलाल १२ टोलीको समूहको शीर्ष स्थानमा छ । शीर्ष ८ टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]