default_image

4 months ago

November 4, 2024

बार्सिलोनाको जित, रियलसँग अन्तर बढ्दै

1787 views

0 Bookmark

एजेन्सी – शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगमा ११औं जित हासिल गरेको छ ।

१२औं खेलमा ११औं जितका साथ बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी ९ मा पुर्याएको छ । रियल एक खेल कम खेल्दै २४ अंकका साथ दोस्रो स्थानमा छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्लबले इस्पानुयल ३-१ को जित हासिल गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मोले २ तथा राफिन्हाले १ गोल गरे । इस्पानुयलका जाभी पुएडोले सान्त्वना गोल फर्काए ।

खेलको १२औं मिनेटमै ओल्मोले बार्सिलोनालाई अग्रता दिलाए । २३औं मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।

६३औं मिनेटमा पुएडोले इस्पानुयलका लागि गोल गरे । जितसँगै बार्सिलोना १२ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ । पराजित इस्प्यानयोल समान खेलबाट १० अंकका साथ १७औं स्थानमा छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.