4 months ago
November 3, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ।
सिटी शनिवार भएको खेलमा घरेलु टोली बोर्नमाउथसँग २-१ ले पराजित भएको हो।
एन्टोइन सेमेन्यो र इभानिल्सनको गोलमा बोर्नमाउथ विजयी भएको हो। सिटीका लागिजोस्को ग्वार्डियोलले गोल फर्काए ।
खेलको नवौं मिनेटमा सेमेन्योको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ६४औं मिनेटमा इभानिल्सनले गोल गर्दै घरेलु अग्रता दोब्बर बनाए ।
८२औं मिनेटमा ग्वार्डियोलले गोल फर्काएपनि अर्को गोल नहुँदा सिटी पराजित भयो।
१० खेलबाट २३ अंक जोडेको सिटीले शीर्ष स्थान गुमाएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा २ अंकले पछि परेको हो ।
शनिवार नै लिभरपुलले मोहम्मद सलालको निर्णायक गोलमा पाहुना टोली ब्राइटनलाई २-१ ले पराजित गरेको हो ।
लिभरपुलका लागि पहिलो गोल कोडी गाक्पोले गरे। ब्राइटन फेर्डी काडियोग्लुले गोल गरे । लिभरपुलको १० खेलबाट २५ अंक पुगेको छ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]