default_image

4 months ago

November 3, 2024

लिभरपुलको जित सलाहको निर्णायक गोल

480 views

0 Bookmark

एजेन्सी – लिभरपुल जित हात पार्दै इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान एनफिल्डमा शनिवार राति भएको खेलमा लिभरपुलले मोहम्मद सलालको निर्णायक गोलमा पाहुना टोली ब्राइटनलाई २-१ ले पराजित गरेको हो ।

लिभरपुलका लागि पहिलो गोल कोडी गाक्पोले गरे। ब्राइटन फेर्डी काडियोग्लुले गोल गरे ।

१४औं मिनेटमा ब्राइटनका फेर्डीले गोल गरेका थिए । खेलको ६९औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा फर्काएका थिए । सलाहले ७२औं मिनेटमा निर्णायक गोल गर्दै लिभरपुल जित दिलाए ।

शीर्ष स्थानमा उक्लेको लिभरपुलले १० खेलबाट २५ अंक पुर्‍याएको छ। ब्राइटनको भने यो दोस्रो हार हो। सातौं स्थानमा रहेको ब्राइटनको समान खेलबाट १६ अंक छ।

शनिवारै भएको अर्को खेलमा साविक विजेता सिटी बोर्नमाउथसँग २-१ ले पराजित भएको छ ।

जारी लिगमा सिटीको यो पहिलो हार हो । हारपछि शीर्ष स्थानको लिभरपुल भन्दा सिटी २ अंकले पछाडि छ।

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

Success

Thank you for your time.