8 years ago
February 14, 2017
लन्डन (एन्जेसी)– म्यानचेस्टर सिटी सोमबार बोर्नमाउथलाई २–० ले हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले एक गोल गरे भने अर्को गोलका लागि भूमिका खेले ।
लेरोय सानेको क्रसममा स्टेर्लिङले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै बोर्नमाउथले खेललाई बराबरीमा पुर्याएको थियो । तर, जोसाउ किंगको गोल रेफ्रीले मानेनन् । घरेले टोली बोर्नमाउथले दोस्रो हाफमा उच्च प्रदर्शन गर्नाका वावजुद गोल फर्काउन सकेन । ६७ औं मिनेटमा गरेको प्रयास पनि सफल भएन । त्यसको एक मिनेटपछि टोली आत्मघाती गोलको शिकार बन्यो र सिटीले २–० को अग्रता बनायो । स्टेर्लिङको क्रसमा आएको बल रोक्ने क्रममा टेरोने मिग्सले आफ्रनो पोस्टमा गोल गरे ।
जितपछि दोस्रो स्थानमा उक्लेको सिटी शीर्षस्थानको चेल्सी (६० अंक) भन्दा अझै ८ अंकले पछाडी छ । रेलिगेसन क्षेत्रमा रहेका टोलीको भन्दा ६ अंक बढी रहेको बोर्नमाउथ चौधौं स्थानमा छ । सिटी माथि उक्लेपछि टोटेनह्याम (५० अंक) तेस्रो स्थानमा झरेको छ भने आर्सनल (५० अंक) चौथो स्थानमा पुगेको छ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]