4 months ago
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ ।
ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो ।
ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रीतिलाई खादा ओढाएर सम्मान गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । नेपाललाई फाइनलसम्म पुर्याउन प्रीतिले ३ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना गरेकी थिइन् ।
भारतविरुद्ध सेमिफाइनलमा सावित्रा भण्डारी साम्बाले र फाइनलमा अमिषा कार्कीले गरेको गोलमा प्रीतिले असिस्ट गरेकी थिइन्।
ब्यागमान्डुकी प्रबन्ध निर्देशक मानन्धरले खेलाडीको हौसलाका लागि सम्मान गरेको र भविष्यमा पनि निरन्तरता दिइने बताइन् ।
‘खेलाडीलाई हौसला मिलोस भनेर हामीले सम्मान कार्यक्रम गरेका हौं । खेलाडीका सहयोगका लागि हामी सँधै तयार छौं । भविष्यमा अन्य खेलका खेलाडीलाई पनि समेट्दै यो कार्यक्रमलाई अगाडि बढाउने छौं,’ प्रवन्ध निर्देशक मान्धरले भनिन्।
सागका दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठले राम्रो सुरुआत भएको बताउँदै आयोजकलाई धन्यवाद दिए ।
‘यो राम्रो सुरुआत हो । यस्ता कार्यक्रमले खेलाडीको मनोबल बढाउँछ । खेलाडीप्रति देखाउनु भएको स्नेहका लागि म आयोजकलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ श्रेष्ठले भने ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]