default_image

8 years ago

February 13, 2017

मनाङ सेख कमल कपको समूह ‘बि’मा

63 views

0 Bookmark

बंगलादेश (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदि क्लब अर्को साताबाट बंगलादेशमा सुरु हुने सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को समूह ‘बि’ मा परेको छ।

mmc-team-photo-manang marshyangdi club

आज एक कार्यक्रम बीच भएको समुह विभाजन कार्यक्रममा दुइ समूहको टुंगो लागेको थियो मनाङसंगै समूह ‘बि’मा अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंग रहेका छन्।

समूह ‘ए’मा माल्दिभ्सको टि.सी स्पोर्ट्स क्लब, दक्षिण कोरियाको पोचेन सिटिजन फुटबल क्लब, किर्गिस्तानको एफसी अल्गा बिश्केक र आयोजक चिटागंग लिमिटेड रहेको छ। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ टि.सी स्पोर्ट्स क्लबको जर्सीमा उत्रनेछन।

प्रतियोगिता फेब्रुअरी १८ तारिखबाट सुरु हुदैछ। मनाङको टोलि भोलिनै बंगालदेश प्रस्थान गर्दैछ।

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.