4 months ago
October 31, 2024
काठमाडौं ( हाम्रो खेलकुद)- बंगालादेशलाई महिला साफ च्याम्पियनसिपको उपाधि दिलाउन निर्णायक गोल गरेकी रितु पोर्ना चक्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
बंगालादेशको उपाधि रक्षा अभियानमा लेफ्ट विङ्गर रितुको महत्वपूर्ण भूमिका रहेको थियो। लेफ्टबाट क्रस गर्न र सनसनीपूर्ण गोलका लागि उनी माहिर छिन्।
नेपाल र बंगलादेशबीचको फाइनलमा १-१ को बराबरीको अवस्थाबाट ८२ औं मिनेटमा गोल गर्दै रितुले टोलीलाई च्याम्पियन बनाएकी थिइन् ।
लेफ्ट विङ्सबाट उनले गरेको प्रहारलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पन्च गरेपनि बल गोलमा परिणत भएको थियो।
५० औं मिनेटमा नै बंगलादेशले मोनिका चक्माको गोलबाट अग्रता लिएको थियो।
५६ औं मिनेटमा प्रिती राईले मिडफिल्डबाट खेलेको पासमा बंगलादेशको डिफेन्स लाइनबाट गल्ती भएपछि अमिषा कार्कीले बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै बराबरी गोल गरेकी थिइन्।
बंगलादेशकै रुम्पा चक्मा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएकी छन् ।
८ गोलसहित भुटानकी डेकी ल्हाजोम प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । भुटानले फेयर प्ले अवार्ड जितेको छ।
दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]