4 months ago
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं
साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो ।
बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन । बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्दा नेपाल भने छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।
पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । सुरुवाती १० मिनेटमा दुवै टोलीको प्रहार क्रसबारमा पनि लागेको थियो । दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता लियो । तर नेपालले ५ मिनेट पछि नै खेल बराबरीमा ल्यायो । खेलको अन्त्यतिर बंगलादेशले गोल गर्दै पुन: अग्रता लियो । त्यसपछि भने नेपाललाई आक्रमण बुन्न बन्चित गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्यो ।
खेलको पहिलो मिनेटमा नै नेपाल ठूलो संकटबाट बच्यो । गीता राना गोलकिक प्रहार गर्ने क्रममा चिप्लिन पुग्दा उनको प्रहार सिधै तोहुरा खातुनको खुट्टामा पुग्यो । तोहुराको प्रहार क्रसबारको भित्री भागमा लाग्दै फर्कियो । त्यसको रिबाउन्डमा तोहुराकै हेडरलाई गोलरक्षक एन्जिलाले समातिन् ।
दशौं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा क्रसबार नै बाधक बन्यो । अमिशा कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेको थियो । गोलरक्षक रुपना चक्माले रोक्न नसकेको बललाई साम्बाले पेनाल्टी क्षेत्र बाहिर लागेर अमिशालाई दिएपछि उनले दुई टच लिँदै प्रहार गरेकी थिइन् ।
खेलको २४ औं मिनेटमा गोलरक्षक रुपनाको अर्को गल्तीमा नेपाल फाइदा उठाउन असमर्थ रह्यो । विमला विकको क्रस रुपनाले ६ यार्ड बक्सनजिक फुस्काएपनि उक्त बलमा साम्बा पुग्न नपाउँदै डिफेन्डर अफिदाले क्लियर गरिदिइन् ।
दोस्रो हाफको ५० औं मिनेटमा नै बंगलादेशले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपालको डिफेन्सले क्लियर गर्न नसकेको बललाई मोनिका चक्माले दोस्रो टच लिँदै गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिट गरिन् ।
५६ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । प्रिती राईले मिडफिल्डबाट खेलेको पासमा बंगलादेशको डिफेन्स लाइनबाट गल्ती भएपछि अमिषा कार्कीले बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरिन् ।६८ औं मिनेटमा कप्तान एन्जिलाको उत्कृष्ट बचाउमा खेल बराबरीमा रह्यो । मारिया मान्दाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्जिलाले डाइभ दिएर बचाइन् ।
खेलको ८२ औं मिनेटमा बंगलादेशले पुन: अग्रता लियो । ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसलाई गोलरक्षक एन्जिलाले बचाउन नसक्दा सिधै गोल भयो । एन्जिलाले एक हातले बचाउन खोजेपनि बल उनको हातमा लाग्दै गोल भएको थियो ।
त्यसपछि बंगलादेशले बल पोसेसनमा पकड जमाउँदै नेपाललाई आक्रमण बुन्ने अवसर दिएन । नेपाल सात पटक साफ च्याम्पियनसिप खेल्दा छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]