default_image

4 months ago

October 30, 2024

फाइनलका लागि नेपाली टोलीको पहिलो रोजाइ सार्वजनिक, रेखाको ठाउँमा सरु

6224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  नेपालले महिला साफ च्याम्पियनसिपको बंगालादेशलेविरुद्धको पहिलो रोजाइमा १ खेलाडी परिवर्तन गरेको‌ छ।

सेमिफाइनलमा भारतविरुद्ध खेलमा रातो कार्ड पाएकी रेखा पौडेल‌को ठाँउमा सरु लिम्बुले पहिलो रोजाइमा मौका पाएकी छिन्।

कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । बंगलादेशविरुद्ध को पहिलो रोजाइमा सरु, एन्जिलासहित पहिलो रोजाईमा पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, प्रिती राई, सविता राना मगर र अमिषा कार्की छन् ।

लगातार दोस्रो पटक बंगालादेशसँग फाइनल

नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन। त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो ।

साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।
दशरथ रंगशालामा जारी साफ च्याम्पियनसिपमा यो पटक पनि नेपाल फाइनल खेल्दैछ।

साँझ ६:३० बजे सुरु हुने उपाधिको भिडन्तमा नेपालले बंगलादेशको सामना गर्दैछ। यि दुई टोली बीच लगातार दोस्रो पटक फाइनल हुँदैछ त्यो पनि दशरथ रंगशालामा नै । नेपाल छैटौं पटक र बंगालादेश तेस्रो साफ च्याम्पियनसिपको फाइनल खेल्ने तयारीमा छन् ।

यो पटक पनि बंगलादेश उच्च लयमा छ। प्राविधिक रूपमा बंगलादेश अरु टोलीको तुलनामा अब्बल देखिएको छ। त्यसैले बंगलादेशलाई हराउने चुनौतीसँगै मौका पनि नेपाललाई छ। बंगलादेशलाई हराउँदै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न नेपाल तयार रहेको टोलीको भनाई छ।

उच्च लयमा रहेको बंलादेश विरूद्ध टिम एकजुट भएर मैदानमा उत्रने प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन्। नेपालको सबैभन्दा ठूलो अस्त्रको रूपमा स्ट्राइकर साबित्रा भण्डारी साम्बा रहेकी छिन् । प्रशिक्षक तामाङले दक्षिण एसियाकै स्टार आफ्नो टोलीमा हुनु बलियो पक्ष रहेको बताए।

अर्को महत्पूर्ण स्ट्राइकर रेखा पौडेल रातो कार्ड खाएको कारण उनले फाइनल गुमाउने छिन्। उनको ठाउँमा सरू लिम्बुले लिने संभावना छ। सरू भारत विरूद्धको खेलमा बेन्चमा थिइन्। खेलाडीहरूमा इन्जुरी समस्या नरेहको र टोली फाइनलको लागि तयार रहेको प्रशिक्षक तामाङले बताए ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश यसअघि ४ पटक भिडेका छन। नेपालले दुई पटक सेमिफाइनल र एक‌पटक समूह चरणमा बंगालादेशलाई हराएको थियो। पछिल्लो संस्करण फाइनलमा बंगालादेशले कथा बदल्न सफल भयो ।

नेपाल ३-१ ले हराउँदै पहिलो पटक साफ च्याम्पियनसिप जितेको थियो। यो पटक पनि सबै पक्षमा बंगलादेश बलियो छ। समूह चरणमा साफ च्याम्पियनसिप को सबै भन्दा सफल टोली भारतलाई ३-१ ले हराएको थियो। फाइनल अगाडि प्रशिक्षक पिटर बटलरले फाइनलमा जुन टोलीले माहोललाई थेग्न सक्छ त्यही टोलीले उपाधि जित्ने बताए।

नेपाललाई घरेलु दर्शकको साथ रहनेछ। यसलाई पनि टोली मजबुत पक्षको रूपमा लिएको छ। बंगलादेशले इङ्लिस स्टाइलको फुटबल खेलेपनि नेपाली शैलीको फुटबल खेलेर उपाधि जित्ने योजना टोलीको रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।

इतिहास रच्न र उपाधि जित्ने अन्तिम लडाई आज नेपालले लड्नेछ। खचाखच भरिएको दर्शक र काँचको पर्दाबाट सपोर्ट गर्ने दर्शकको कुनै हिसाब किताब नै नहोला। सबैले उपाधिको अपेक्षा गरेका छन्। जुन चुनौतीपूर्ण छ असंभव भने छैन।

एन्फाले महिला फुटबललाई प्राथमिकतामा नराखेपनि नतिजा दिइरहेको छ। यो पटक उपाधि जितेर हकले महिला फुटबललाई हेर्ने नजर र राखिने प्राथमिकतालाई समेत बदल्ने अवसर नेपाली टोलीसँग रहेको छ।

अघिल्लो संस्करणमा जस्तै यसपटक पनि दुई सेमिफाइनल बिल्कुल फरक थिए। बंगालादेशले भुटानमाथि ७-१ को सहज जित निकाल्दा नेपालले भारतलाई हराउन निकै संघर्ष गर्नुपरेको थियो।

तनावपूर्ण खेल स्थगित हुने अवस्था बनेको थियो। रेफ्रीको निर्णयमा असन्तुष्ट राख्दै नेपाल नखेल्ने मनस्थितिमा पुगेको थियो। पछि खेल्न राजी भएको नेपाली टोलीले १-० पछि रहेको अवस्थामा सम्बाको गोलबाट खेलमा फर्केको थियो।

निर्धारित समय बराबर भएपछि टाइब्रेकरमा ४-२ को जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको थियो। नेपाली टोली आज अर्को परीक्षाबाट गुज्रनुपर्ने छ ।

कप्तान एन्जिलाको भनाई सापट लिने हो भने यो पटक पनि नेपाल च्याम्पियन हुन सकेन भने अर्को ५/१० वर्ष च्याम्पियन बन्न सक्दैन । नेपाली टोलीलाई यसै पटक च्याम्पियन बन्ने सफलता मिलोस् । शुभकामना।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.