6 months ago
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ ठाउँमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ ।
एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न दर्शक पुगेका थिए । बिहान ८ बजे भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट विक्री सुरु भएको थियो । झन्डै डेढ घण्टामै विक्री गर्न ल्याइएको टिकट सकिएको थियो ।
लाइनमा लागेका दर्शकले टिकट नपाएपछि केहीबेर एन्फा नेतृत्वविरुद्ध नाराबाजी पनि गरेका थिए । एन्फाले भने अनुसार प्रति व्यक्ति अधिकतम २ भिआइपी र ५ साधारण टिकट विक्री गरिएको थियो ।
तर आर्मी गेटको काउन्टरमा सुरक्षाकर्मी, खल्तीको अनलाइन टिकट खरिद गरेका दर्शक तथा लाइनमा नरहेका अन्य व्यक्तिहरुको प्रवेश हुँदा लाइनमा बसेका दर्शकले टिकट नपाएपछि स्थिति केही असामान्य भएको थियो ।
टिकट सोल्ड आउट भएपनि हजारौंको संख्यामा दर्शक टिकट खरिद गर्न आएका थिए । यसलाई मध्यनजर गर्दै काठमाडौं महानगरले राजधानीको ३ स्थानमा फाइनलको प्रत्यक्ष प्रसारण स्क्रिनमा देखाउने भएको छ । राजधानीको टुडिखेल, सानो गौचरनको खेल मैदान र चाबहिल गणेशस्थानमा खेल देखाइने महानगर स्रोतले जानकारी दियो ।
नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुँदैछ । एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत साविक टिकट विक्री गर्दै आएको माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सबाट अधिकार खोसेर २ ठाँउमा आफैं टिकट बेच्ने बताएको थियो ।
एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने बताएको थियो । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर छ ।
जस अनुरुप खल्तीबाट साधारण टिकट खरिद गरेका झन्डै ४ हजार १ सय दर्शकलाई टिकट वितरण गरिने पनि बुझिएको छ । उक्त टिकट लिन आएका दर्शक र बिहानदेखि लाइनमा लागेका दर्शकबीच केही भनाभन भएको थियो ।
साफ च्याम्पियनसिप फाइनलमा दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरू
१. हातहतियार – बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार।
२. धुम्रपान र आगो बाल्ने सामग्री – चुरोट, लाइटर, सलाइ आदि।
३.मादक पदार्थ – मदिरा र अन्य नशालु पदार्थहरू।
४. झोला र ठूला ब्यागहरू – साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्।
५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू – हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू।
६. प्रचार सामग्री – अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध।
७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू – पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू।
८. लेजर लाइट – खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट।
९. ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू।
१०. छाता ,लिबिस्टिक ,नेल कटर, कैँची, काइयो ,
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे । गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । […]