default_image

5 months ago

October 29, 2024

माउण्ट एभरेष्टले एन्फा विरूद्ध कानुनी लडाई लड्ने

4707 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको लागि टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लिले अखिल नेपाल फुटवल संघ ( एन्फा) विरूद्ध कानुनी लडाई लड्ने भएको छ।

एन्फाले आज पत्रकार सम्मेलन आयोजना गरेर माउण्ट एभरेष्टसँगको सम्झौता रद्द गरेपछि त्यसका विरुद्धमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। सम्झौता रद्द भएसँगै एन्फा आफैले भौतिक रूपमा नै टिकट बेच्ने निर्णय गरेको छ।

एन्फाले नेपाल र भारतबीचको आइतवार भएको सेमिफाइनल खेलमा माउण्ट एभरेष्टले सम्झौता गरेभन्दा बढी टिकट बिक्रि गरेको आरोप लगाएको छ। एन्फाले दर्शकको सुरक्षा सबैभन्दा महत्वपूर्ण रहेको भन्दै सम्झौता रद्द गर्ने निर्णयमा पुगेको जनाएको छ।

माउण्ट एभरेष्टले भने एन्फाले लगाएको आरोप गलत भएको हाम्रो खेलकुदलाई बताएको छ। माउण्ट एभरेष्टका प्रबन्धक निर्देशक थमन भुसालले भने,’ हामीले ठुलो चुनौति सहित टिकटिङ अधिकार किनेका थियौं। यदि नेपाल सेमिफाइनलमा नपुगेको भए। हामीले जसरी पनि सम्झौता गरेको रकम ८० लाख रुपैयाँ एन्फालाई तिर्न पर्थ्यो। नेपाल सेमिफाइनलमा पुगेपछि दर्शकको ओइरो लाग्यो।’

एन्फाले पैसा धेरै आउने सोचेर सम्झौता रद्द गरेको आरोप लगाए। यसलाई एन्फाको नियतसँग उनले जोडेका छन्। गलत भएको भए सबै गल्ती सच्चाउन तयार रहेको भन्दा पनि एन्फाले सम्झौता रद्द गरेपछि कानुनी लडाईमा जाने भुसालले स्पष्ट पारे।

एन्फाले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलन।

एन्फाले सेमिफाइनलमा करिब १९ हजार टिकट विक्री गरेको आरोपमालाई भुसालले अस्वीकार गरे। भुसालले साधारणतर्फ ११ हजार र भीआईपीमा १ सय ५ सय मात्र टिकट विक्री गरेको तर्क राखे। तर दशरथ रंगशालामा दर्शक क्षमता १५ हजार ४ सय रहेको बताइएको छ।

माउण्ट एभरेष्टले एन्फालाई ३० लाख रुपैयाँ बुझाएको एन्फाले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

भुसालले सम्झौता रद्द गरेसँगै आफ्नो कम्पनीलाई करोडौंको घाटा लागेको पनि बताएका छन्। एन्फाले सोधेको स्पष्टिकरणको जवाफ पनि पठाएको भुसालले जानकारी दिए।

एन्फाले भने जवाफ नआएको बताएको थियो। एन्फाले असोज २९ गते सम्झौता गरेर टिकेट अधिकार ८० लाख रुपैयाँमा बेचेको थियो।

नेपाल र साविक विजेता बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे साफ च्याम्पियनसिप फाइनलमा सुरु हुनेछ । दुई वर्षअघि यि नेपाललाई ३-१ ले हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.