default_image

2 hours ago

October 28, 2024

एन्फाद्वारा साफको फाइनलको टिकट विक्रीमा रोक

3470 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले रोक लगाएको छ ।

एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमवाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा एन्फासँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो।

माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले अर्को सूचना जारी गर्ने बताएको छ ।

साथै यो सूचनालाई वेवास्ता गर्दै टिकट विक्री वितरण गरी कुनै समस्या आएमा एन्फा जवाफदेही नहुने पनि विज्ञप्तीमा स्पस्ट पारेको छ । एन्फाले प्रतियोगिता अगाडि माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि. लाई ८० लाखमा टिकटको अधिकार उपलब्ध गराएको थियो ।

आज एन्फामा भएको छलफलमा टिकट बढी बिक्री गरेको विषयमा माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लिलाई स्पष्टीकरण सोधिएको छ । मंगलबार विहान १० बजेसम्म जवाफका लागि समय दिइएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

रङ्गशालाको अवस्था र दर्शको सुरक्षालाई मध्यनजर गरेर भीआईपीतर्फ १५ सय र साधारणतर्फ ११ हजार टिकट विक्री गर्न एन्फाले निर्देशन दिएको थियो । तर सिट क्षमताभन्दा टिकट र पास बढी विक्री वितरण भएपछि दर्शक व्यवस्थापन गर्न कठिन भएको थियो । कतिपय दर्शकले टिकट काटेपनि खेल हेर्न पाएका थिएनन् भने रंगशालामा हिड्ने ठाउँ पनि थिएन ।

October 28, 2024

रोकिएको खेल पुनः सुरु गर्न कसरी सम्भव भयो ?

सुबास हुमागाईं /प्रकाश तिमल्सिना, काठमाडौं दशरथ रंगशालामा आइतवार साँझ दुई पटकमा गरेर झन्डै सबा घन्टा रोकिएको नेपाल र भारतबीच महिला साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल पुनः सन्चालन हुन कसरी सम्भव भयो ? यो धेरैका लागि अहिले पनि अन्योलको विषय छ । दोस्रो हाफमा नेपाल १० खेलाडीमा सिमित भएपछि भारतले गोल गरेको थियो । संगीता बास्फोरको उत्कृष्ट […]

October 28, 2024

बार्यनको सहज जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सहज जित हासिल गरेको छ । बायर्नले आइतबार भएको खेलमा बोचुमविरुद्ध ५-० को जित हात पार्यो । बोचुमको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन माइकल ओलिसे, जमाल मुसियाल, ह्यारी केन, लिरोय साने र किंग्सले कोम्यानले समान एक गोल गरे । खेलको १६औं मिनेटमा ओलिसेको गोलमार्फत बायर्नले अग्रता बनाएको थियो । […]

October 28, 2024

अपराजित पिएसजी शीर्षस्थानमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा यस सिजनको आफ्नो अपराजित यात्रा नवौं खेलमा जारी राखेको छ । पिएसजीले सोमवार बिहान सम्पन्न खेलमा मार्सेलीविरुद्ध ३-० को सहज जित निकालेको छ । मार्सेलीको घरेलु मैदान भेलोड्रोम रंगशालामा भएको खेलमा पिएसजीलाई जित दिलाउन जोआओ नेभस र ब्रेडली बार्कोलाले गोल गरे । पीएसजीले एक गोल […]

Success

Thank you for your time.