default_image

5 months ago

October 28, 2024

बार्यनको सहज जित

304 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सहज जित हासिल गरेको छ ।

बायर्नले आइतबार भएको खेलमा बोचुमविरुद्ध ५-० को जित हात पार्यो ।

बोचुमको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन माइकल ओलिसे, जमाल मुसियाल, ह्यारी केन, लिरोय साने र किंग्सले कोम्यानले समान एक गोल गरे ।

खेलको १६औं मिनेटमा ओलिसेको गोलमार्फत बायर्नले अग्रता बनाएको थियो । खेलका २६औं मिनेटमा मुसियालले टोलीको अग्रता दोब्बर बनाए ।

ह्यारी केनले ५७ औं मिनेटमा गोल गर्दै बायर्नलाई ३-० मा पुर्याए । ५६औं मिनेटमा सानेले टोलीका लागि चौथो गोल गरे । कोम्यानले ७१औं मिनेटमा गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए ।

जितसँगै आठ खेलमा अपराजित बायर्न ६ जित र २ हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २० अंक नै रहेको आरबि लेइपेज गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

पराजित बोचुम आठ खेलबाट एक अंकका साथ तालिकाको पुछारमा छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.