default_image

5 months ago

October 28, 2024

चेल्सीद्वारा न्युकासल पराजित

313 views

0 Bookmark

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा न्युकासलमाथि जित हात पारेको छ ।

आइतवार घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासलमाथि २-१ को जित हासिल गरेको हो ।

नवौं खेलमा पाँचौ जित हात पार्ने क्रममा चेल्सीका लागि निकोलस ज्याकसन र कोल पाल्मरले समान १ गोल गरे । भ्रमणकारी टोलीका लागि अलेजेन्डर इस्कले गोल गरे ।

घरेलु मैदानमा चेल्सीले नै सुरुवाती अग्रता लिएको थियो । १८औं मिनेटमा ज्याकसनले गोल गरेका थिए । ३२औं मिनेटमा न्युकासलका लागि अलेक्जेन्डरले गोल गर्दै खेलमा बराबरी गरे ।

४७औं मिनेटमा चेल्सीका पाल्मरले गरेको गोलले घरेलु टोलीलाई जितको लागि पर्याप्त बन्यो ।

जितपछि चेल्सी ९ खेलमा १७ अंकका साथ पाँचौ स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको न्युकासल १२औं स्थानमा छ ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.