default_image

3 hours ago

October 27, 2024

भारतलाई हराउँदै नेपाल फाइनलमा

6380 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।

दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो तर रेफ्रीले आफैं व्हिसल बजाएर खेल सुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । नेपालले पुन: खेल सुरु गरेको केहीबेरमा खेलमा विवाद भयो र झन्डै १ घण्टा खेल रोकियो ।

खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । साम्बाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले पोस्टमा प्रहार गरिन् । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् ।

भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।

भारतले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुन: अर्को बचाउ गर्दै भारतलाई हावी हुन दिइनन् ।

१९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२३ औं मिनेटमा भारतकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन ।

३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतीय गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।

इन्ज्युरी समयको चौथो मिनेटमा भारत गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो । त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।

दोस्रो हाफको ५० औं मिनेटमा नेपाल १० खेलाडीमा सिमित भयो । रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् । त्यसअघि उनले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् ।

रेखाले रातो कार्ड पाएलगत्तै दर्शकहरुले रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै बोतल फालेका थिए । खेल १३ मिनेट रोकिएपछि सुचारु हुन सकेको थियो ।

खेल सुचारु भएको केहीबेर पछि भारतले अग्रता लियो । संगिता बासफोरले उत्कृष्ट गोल गरिन् । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार भली टप कर्नरमा गोल गरिन् ।

भारतले गोल गरेपछि सबै खेलाडी गोलको खुसी मनाउन थाले । त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपालले गोल खाएपछि फटाफट बल चलाउने सुर गर्यो । नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा नरहेका कारण रेफ्री चोकी ओमले सिठी बजाइन् । प्रिती राईले बल अघि बढाउँदै गोल पनि गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् ।

कारण नेपालले बल चलाउने बेलामा भारतीय अफिसियल पनि मैदानभित्र थिए । रेफ्रीले नेपालको गोल रद्द गर्दै भारतीय अफिसियललाई पहेंलो कार्ड दिइन् । नेपालले पनि असन्तुष्टि पोख्यो तर केहीबेरमा खेल सुचारु गर्न मान्यो । तर एक मिनेट नबित्दै दर्शकहरुले बोतल प्रहार गर्न थालेपछि खेल रोकियो । नेपालको बेन्चले पनि फोर्थ अफिसियलसँग असन्तुष्टि पोख्यो ।

खेल रोकिएपछि रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी पनि मैदानछेउ पुगे । दुवैले रेफ्रीसँग छलफल गरे । नेपालले गोल नदिए खेल नमान्ने बतायो । यता भारतले भने नेपालले बल चलाइसकेका कारण गोल रद्द नै हुनुपर्ने बतायो ।

लामो विश्रामपछि खेल सुरु भयो । खेल सुरु भएको केही मिनेटमै नेपालले गोल फर्कायो । प्रितीले मिडफिल्डबाट दिएको पासलाई साम्बाले गोलरक्षक र डिफेन्डरको बीचबाट गोल गरिन् ।

त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

October 27, 2024

नेपाल र भारत पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरीमा छन् । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो […]

October 27, 2024

साफ च्याम्पियनसिप सेमिफाइनल – नेपाली टोलीको पहिलो रोजाईमा १ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो रोजाईमा १ खेलाडी परिवर्तन गरेको‌ छ। श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाईमा रहेकी सुरु लिम्बुको सट्टा आज पुजा रानाले सुरु गर्ने भएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, […]

October 27, 2024

बंगलादेश फराकिलो जितसँगै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल […]

Success

Thank you for your time.