2 months ago
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरीमा छन् ।
दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।
भारतले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुन: अर्को बचाउ गर्दै भारतलाई हावी हुन दिइनन् ।
१९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
२३ औं मिनेटमा भारतकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन ।
३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतीय गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।
इन्ज्युरी समयको चौथो मिनेटमा भारत गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो । त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।
त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
January 1, 2025
सुमन अधिकारी, बुटवल मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुधवार बुटवलमा सुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१” मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो । फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ । […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीवारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गत भदौ अन्तिममा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए । अन्तिम चरणका लागि छनोट भएको […]