5 months ago
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल, सर्वाधिक सफल भारत र साविक विजेता बंगालादेशलाई महिला साफ च्याम्पियनसिप मुख्य दाबेदारका रुपमा हेरिएको छ।
नेपाललाई समूह चरणमा गोलरहित बराबरीमा रोक्दै भुटानले पनि बिस्तारै आफ्नो उपस्थितिलाई औपचारिकता भन्दा पनि चुनौती दिन सक्षम टोलीका रुपमा आफ्नो प्रस्तुत गरेको छ।
नेपालसँग बराबरी खेलेपछि उत्साहित भुटानले त्यसपछिको खेलमा श्रीलंकालाई ४-१ र माल्दिभ्सलाई १३-० ले हराएको थियो। भुटानले पहिलो खेलबाटै आफूलाई सेमिफाइनलको दाबेदारको रुपमा प्रस्तुत गरेको थियो।
भुटानले आज अर्को परिक्षणबाट गुज्रनु पर्नेछ । दशरथ रंगशालामा आइतवार हुने पहिलो सेमीफाइनल भुटानले बंगलादेशको सामना गर्नेछ। दुई वर्षअघिको साफ च्याम्पियनसिप पनि सेमिफाइनल भेट हुँदा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो।
यसपटक कम्तीमा त्यो अन्तरको जित निकाल्न बंगालादेशलाई पनि सहज हुने छैन। भारतमाथि ३-१ को सहज जित निकाल्नु अघि बंगालादेशले पाकिस्तान १-१ को बराबरी गर्न निकै संघर्ष गर्नुपरेको थियो।
त्यसअर्थ भुटानले बंगलादेशलाई हराउन हरसम्भव प्रयास गर्नेछ। बंगालादेश दोस्रो पटक फाइनल पुगेर गत संस्करणमा पहिलो पटक च्याम्पियन बनेको थियो। भुटान सँग पनि पहिलो पटक फाइनल पुग्ने अवसर छ। उता बंगालादेशले भारतसँगको प्रदर्शनबाट उपाधि रक्षाको क्षमता रहेको देखाएको थियो।
नेपालका लागि भारत सधैं चुनौती
नेपालले भारतलाई साफ च्याम्पियनसिपमा एक पटक मात्र अघिल्लो संस्करणको सेमिफाइनल हराएको थियो। त्यसअघि नेपालले भारतसँगका सबै ४ पटकको फाइनल गुमाएको छ।
सन् २०१० बाट सुरु भएको च्याम्पियनसिपमा भारत गत संस्करणमा मात्र फाइनल नपुको हो । २०१६ मा बाहेक नेपालले पनि सबै फाइनल खेलेको अनुभव छ। संयोग यसपटक पनि नेपाल र भारत मध्ये एउटा टोलीले मात्र फाइनल खेल्नेछ ।
पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारतले बंगलादेशसँग भने खुलेर खेल्नेछ । त्यसकारण भारतले नेपाललाई सहज लिनेछैन। घरेलु दर्शक सामू उच्च प्रदर्शनका लागि नेपाली टोली प्रतिबद्ध रहनेछ।
भुटानसँग रोकिएको नेपालले त्यसपछि माल्दिभ्सलाई ११-० र श्रीलंकालाई चाहेकै ६-० ले हराएको थियो। भारतसँगको खेल नेपालका लागि वास्तविक परिक्षा हुनेछ।
सावित्रा भण्डारी ‘साम्बा’, रेखा पौडेलबाट उच्च नेपालले उपेक्षा राखेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छिन्।
गत संस्करण भारतलाई १-० ले हराउँदा गोल रश्मिकुमारी घिसिङ, सविता राना मगर, प्रिती राईबाट पनि नेपाली टोलीले उच्च प्रदर्शनको अपरक्षा राख्नेछ । पहिलो खेल घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको अभाव भने भारतविरुद्धको खेलमा हुन सक्दछ। यसअघिका भुटानबाहेको खेलमा नेपालले आक्रामकको सामना गर्नुपरेको छैन ।
आज भारतसँगको खेलमा कप्तान एंवम् गोलकिपर एन्जिला र रक्षापंक्तिले बलियो चुनौतीको सामना गर्नुपर्ने सम्भावना छ। पहिलो पटक च्याम्पियन बन्ने सम्भावना बढाउनका लागि नेपालले आज साँझ ६:३० बजे सुरु हुने खेलमा भारतलाई हराउनु विकल्प छैन।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]