default_image

3 months ago

October 27, 2024

एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

4171 views

0 Bookmark

एजेन्सी – ला लिगा एल क्लासिकोमा बार्सिलोनाले‌ सानदार जित निकालेको छ।

रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को गोल थपे।

बार्सिलोनाका लामिने यामलले ७७ औं मिनेटमा र राफिन्हाले ८४ औं मिनेटमा गोल गरेपछि रियल घरेलु मैदानमा पराजित भएको छ । रियलका केलियन एम्बाप्पेको २ गोल अफसाइड भएको थियो।

११ खेलमा १० जित र १ हारका साथ ३० अंकसहित बार्सिलोना शीर्ष स्थानमा बलियो बनेको छ। समान खेलमा पहिलो हार बेहोरेको रियलको ७ जित र ३ बराबरीका खेल्दै २४ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाले रियललाई ६ अंकले पछि पारेको छ।

February 6, 2025

आर्सनल लिग कपबाट बाहिरियो

एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

Success

Thank you for your time.