5 months ago
October 26, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा शनिवार जित निकालेको छ ।
सिटीले साउथह्याम्पटनमाथि १-० ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा नर्वेली फरवार्ड एर्लिङ हालाण्डले निर्णायक गोल गरे ।
हालाण्डले खेलको पाँचौ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अपराजित सिटीले नवौं खेलमा ७ जित र दुई बराबरी खेलेको छ।
सिटी ९ खेलमा २३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको २१ अंक रहेको छ । लिभरपुलले आइतवार आर्सनलसँग खेल्दैछ ।
साउथह्याम्पटनको ९ खेलमा १ अंक जोड्दै तालिकाको पुछारमा छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]