default_image

2 hours ago

October 24, 2024

पहिलो हाफमै भुटानको ६ गोल!

3363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो हाफमै माल्दिभ्सविरुद्ध ६ गोल गरेको छ ।

पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि छ । भुटानका लागि डेकी ल्हाजोम र पेमा छोदेनले २-२ तथा नाम्ग्याल डेमा र सोनाम छोदेनले १-१ गोल गरेका छन् ।

खेलको तेस्रो मिनेटमै भुटानले पेनाल्टी पाएको थियो । सोनाम छोदेनको पेनाल्टी प्रहार गोलरक्षक अमिनाथ लिजाले बचाइन् । तर त्यसको २ मिनेटमै सोनामले गोल गरिन् । लगत्तै पेमा छोदेनले क्लियर हुन नसकेको बलमा अर्को गोल गरिन् ।

नेपाल र भुटानको समान ४-४ अंक छ । आज नेपालले श्रीलंकासँग खेल्दैछ । पछिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ११-० तथा भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो ।

October 24, 2024

भुटान १३ गोल गर्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३-० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले […]

October 24, 2024

समूह विजेतामा नेपाल र भुटानको नजर

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह बी को अन्तिम खेल हुँदैछ । समूह ए बाट बंगलादेश समूह विजेता बन्दा भारत उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज समूह बी को दुई खेलपछि सेमिफाइनल समिकरण प्रष्ट हुनेछ । नेपाल, भुटान र श्रीलंका तीनै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना छ । […]

October 24, 2024

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो

एजेन्सी – राफिन्हाको ह्याट्रिकसँगै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगमा जर्मन क्लब बायर्न म्युनिखमाथि जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बार्सिलोनाले बुधवार बायर्नलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पाहुना टोलीका लागि ह्यारी केनले १ […]

Success

Thank you for your time.