default_image

6 months ago

October 23, 2024

आर्मी र ठमेल टुरिजम क्वार्टरफाइनलमा

494 views

0 Bookmark

काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् ।

थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्यो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

निर्धारित समयसम्म आर्मीका हरि महतो र सानोगौचरणका जगतमान लामाले गोल गरे । आर्मीका महेन्द्र खवास प्लेयर अफ दी म्याच घोषित भए र उनलाई राष्ट्रिय टोलीका सदस्य भरत खवासले पुरस्कृत गरे ।

ठमेल चितवन भेट्रान्स एफसीलाई ४–० ले पराजित गर्यो । ठमेलका टासी छिरिङ, विशाल राई, रमेश गुरुङ र भेषराज राईले गोल गरे । ठमेलका टासी छिरिङ प्लेयर अफ दी म्याच चुनिए र उनलाई आठौं साफका स्वर्ण पदक विजेता कराते खेलाडी रवि महर्जनले पुरस्कृत गरे ।

प्रतियोगितामा बिहीवार क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वाटरफाईनल हाम्रो धरान भेट्रान्स फुटबल क्लब र सरस्वतीनगर भेट्रान्स, दोश्रो बानेश्वर फ्रेण्डससिप र फ्रिडम फाईटर , तेश्रो आर्मी र किङकम स्पोर्टस क्लब तथा चौथो ठमेल र एनआरटीबीच हुनेछ आयोजकले जनाएको छ ।

April 16, 2025

झापालाई बिबिसीले रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब ( बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ। बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको खेलको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको चौथो […]

April 16, 2025

बार्सिलोना ६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन।  बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले‌ […]

April 16, 2025

रोमान्चक खेलपछि पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]

Success

Thank you for your time.