9 years ago
September 28, 2015
काठमाडौं, असोज ११- अघिल्लो महिला काठमाडौंमा साफ यु १९ च्याम्पियनसिप जितेको नेपाली टोली र गत साता एएफसी यु १६ को फाइनल चरणका लागि छनोट भएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउसो ३ बजे पुरस्कृत गर्दैछ ।
भारतलाई टाइब्रेकरमा हराउँदै बिमल घर्तीमगरको कप्तनमा रहेको नेपाली टोलीले पहिलो साफ च्याम्पियनसिप जितेको थियो । एन्फाले टोलीका हरेक खेलाडीलाई २ लाख रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको थियो । त्यस्तै एन्फाले हरेक जिल्ला संघलाई युवा टोलीलाई १ लाख रुपैयाँ संकलन गर्न आग्रह गरेको थियो । त्यस्तै कर्पोरेट हाउसलाई ती युवा खेलाडीलाई सम्मानित गर्न आव्हान गरेको थियो । नेपाल सरकारले यु १९ का खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।
नेपालले कुनै पनि स्तरको साफ च्याम्पियनसिप जितेको त्यो पहिलो हो । सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेयता नेपाली फुटबलमा यो नै पहिलो प्रतिस्पर्धात्मक उपाधि हो । २२ बर्षअघि स्व्र्ण पदक जित्दाका खेलाडी रहेका बालगोपाल महर्जनको प्रशिक्षणमा नेपालले साफ यु १९ जितेको थियो । यहि टोली एएएफसी यु १९ च्याम्पियनसिप छनोट खेल्न बुधबार इरान प्रस्थान गर्दैछ ।
यु १६ को टोलीलाई कति रकम दिइने एन्फाले घोषणा गरेको छैन । उपेन्द्रमान सिंहको प्रशिक्षणमा रहेको टोली अर्को बर्ष भारतमा हुने अन्तिम चरणका लागि छनोट भएको हो । सुरुआती दुई खेल जितेपनि ओमानसँग अन्तिम खेलमा पराजित भएपछि नेपाल मुस्किलले अघिल्लो चरण पुगेको हो । ११ समूहका विजेता र ४ उत्कृष्ट उपविजेता छनोट हुने प्रावधान थियो । उत्कृष्ट उपविजेतामा अन्तिम चरणको आयोजक भारत तेस्रो नम्बरमा रहेपछि उत्कृष्ट उपविजेताको पाँचौं नम्बरमा रहेको नेपालले पनि अन्तिम चरण पुग्ने अवसर पाएको हो ।
सोमबार नै एन्फा कार्यसमितिको निर्णय सार्वजनिक गर्न पुरस्कार समारोहपछि एन्फाले पत्रकार सम्मेलन गर्दैछ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]